हामी सात आठ क्लास पढ्दा एउटा गज्जबको खेल खेल्थेउ - बोतल घुमाउने खेल। हुन त तपाइले पनि खेल्नु भएको होला, यस खेलको बिसेषता जान्न यहाँ आबस्यक छ- बोतल घुमाउदा बोतलको मुख जसपट्टि फर्कन्छ त्यसले अरुले भनेको मान्नु पर्ने हुन्छ, बडो रमाइलो हुन्छ अरुलाई गुलाम बनाउन यस खेलमा। तर, यो त्यहि खेल जसले गर्दा लोगले मलाई अहिले बहुला भन्छन, पागल भन्छन र म त्यहि बोतल घुमेको सम्झेर चर्किएको भित्तामा एक सुरले घुमी रहेको घडी हेरेर समय काट्न बाध्य छु। मरुभूमिमा हराएको अन्धो गोरु झैँ नभेटिने बाटोको खोजीमा छु।
त्यहीं सात आठ पढ्दाकै बखतबाट यो कहानी सुरु हुन्छ। त्यो दिन मंगलबार थियो क्यार , गर्मिको मौसम भएकाले टनटलापुर् घाम लागेको थियो। केटाहरु भलिबल खेलेर पसिना पुछ्दै टिफिन सक्केको जनाउने घन्टीको पर्खाइमा थिए। पालेले घन्टी ठोक्न ढिलो गरेपछि घाममा उछलकुद गरी थकित भएका पट्ठाहरुको ज्यानले केहि आराम पाएको मात्र के थियो हल्ला हल्ला गर्न सुरु गरि हाले।क्लासको मनिटर भएकाले हल्ला बन्द गराउनु आफ्नो कर्तब्य पनि थियो। फेरि प्रिन्सिपल सर टिफिन पछि को क्लास लिन माथि बाट झर्ने र सिढि छेउकै क्लास हाम्रो पर्ने भएकाले यो समयमा सतर्क रहनु निकै आबस्यक थियो। नत्र उनको मुखबाट गाली को तिखो बाण प्रहर हुने र कठोर सजाए पाउने निश्चीत थियो। हत्त न पत्त म हसिमजाक चलिरहेको झुण्ड भित्र छिचोलियर छिरे अनि उनीहरुलाई एउटा गज्जबको उपाए सुझाईदिए, बोतल घुमाउने खेल। केटाहरुमाझ धेरैजसो रामेसेले बोत्तल घुमाउने सौभाग्य पाउथ्यो। त्यो अलिक मोटो जातको थियो र बलको भण्डार। एकपटक क्लासमा झगडा हुँदा हरिशको गर्दन भाचिदिने त्यै रामेसे थियो। त्यो हत्तपत्त नारिसाएपनि रिसायपछी दुइसिंगे गैडा बन्थियो अनि मारौला झैँ गरि जाइलाग्थ्यो। त्यसैले जानी जानी त्यो संग मुकाबला गर्ने मर्दांगी हामी कसैमा थिएन। त्यसैले रामेसेलाइ बोत्तल घुमाउन दिइन्थ्यो ताकी बोत्तलले एक पल्ट कसैलाई बिर्को फर्काएपछि त्यो स्वीकार्न कसैले पनि आना कानी नगरोस भनेर। टिफिन सक्केको घन्टी बज्नै के लागेको थियो बोत्तल घुम्यो, बेजोड संग। . . . . . .. . . .

No comments:
Post a Comment