Hey there!

Sorry for not being able to update this site.

The best way to contact me is at email@sushant.info.np / (+977)9860043019 / http://facebook.com/esushant.

I also maintain my LinkedIn profile at https://np.linkedin.com/in/esushant.

My research-based projects are updated at ResearchGate.

Find my GitLab profile/ GitHub profile. My social media archives are available at http://twitter.com/esushant.

My Ham Radio QRZ Profile and Logbook can be accessed from here.

 

कृष्णका लिलाहरु

' कृष्ण ' नामले यस संसारमा  तिन स्वरूपद्वारा लिला गरिएको छ , जुन कुरा श्रीमद्भागवत, बृहद्सदाशिव संहिता, सनतकुमार संहिता लगयात हिन्दु धर्मका प्रमुख ग्रन्थहरुमा बहुत गोपनीय तरिकाले  राखिएको छ| प्राचिन ग्रन्थ 'बृहद्सदाशिव संहिता'लगायतक ग्रन्थमा  त्रिधा लीलालाई बहुत सुन्दर तरिकाले बर्णन गरिएको छ, जसको यहाँ ब्याख्या  छ , जुन पढेर कुन कुन कृष्णको लिला कहाँ कहाँ भए र जन्माष्टमीको महत्व बारे बुझ्न सकिन्छ |

नित्य वृन्दावनमा जुन बाल लीला भयो , त्यो  अक्षर ब्रह्मभन्दा पनि पर स्थित अक्षरातीत श्री कृष्णको ११ बर्ष ५२ दिनको ब्रजबासी कृष्णको रुपमा गरिएको  लिला हो। सच्चिदानन्द अक्षरातीत श्रीकृष्ण ले नै आफ्नो सखीहरुको प्रार्थना स्वीकार गरेर नित्य वृन्दावनमा प्रेमपूर्वक लीला गर्नुभयो | खेल देख्ने  इच्छा भएकाले सखिहरुको  लीलामा परब्रह्म श्रीकृष्णले  आफ्नो अंशरूप सहित अक्षर ब्रह्मको  सुरता (चित्तवृत्ति) लिएर ब्रजमंडलमा प्रवेश गर्नुभयो | यहि दिनको सम्झनामा श्रीकृष्ण जन्मास्टमी मनाइन्छ|
ब्रज लीला पश्चात् जब अक्षरातीतको  आवेश योगमायाको  ब्रह्माण्डमा गयो  तब  श्री कृष्णले वृन्दावनबाट सुरिलो बांसुरी बजाउनुभयो र बांसुरीको  आवाज सुनेपछि सबै  गोपिहरुले आफ्नो  तन छोडेर  योगमायाको  ब्रह्माण्डमा महारास खेल्न गए अनि मोहतत्वसहित यो ब्रजवाला  ब्रह्माण्डको महाप्रलय भयो ।  सो आनन्दको लीला चलेको बेलामा  वेद ऋचा श्रुतिहरुले स्तुति गरेर श्रीकृष्णजीलाई आफुहरुले पनि सखीहरुले जस्तै आनन्दको लिला हेर्ने पाउँ भनि  वरदान माग्छन । श्रीकृष्णजी ले गोलोकी कृष्णजीलाई ती श्रुतिसखिसँग रासलिलाको गर्ने आज्ञा दिनुहुन्छ | त्यस पश्चात योगमायाको शक्ति द्वारा उत्पन्न महामोहसागरको अन्दर फेरी नयाँ  प्रपञ्चमयी ब्रह्माण्ड बनेर प्रकट भएको कुरा पुराण संहितामा स्पस्ट छ । तर, श्रीमद्भागवत् मा  स्पस्ट बर्णन गरिएको छ कि गोकुलबासिहरुले बिहान उठ्दा आफ्नो पत्निहरु  (गोपियों) आफ्नै पासमा ओछ्यानमा रहेको पाए । यहाँ बुझ्नुपर्ने कुरो के छ भने यी बिहान उठ्दा ओछ्यानमै सुतिरहेका गोपिहरु परमधामक ब्रह्माबासना थिएनन् जसलाई  पूर्व ब्रह्माण्डको  महाप्रलयको बारेमा नै थाहा नै थिएन र यिनीहरु बिलकुलै नयाँ प्रपञ्चमयी ब्रह्माण्डमा थिए। र, ब्रह्मवासनाहरु ब्रज, रासलिला सम्पन्न गरि परमधाममै जागा भईसकेका थिए | यो नयाँ  ब्रह्माण्डमा गोलोक (योगमाया) श्रीकृष्ण र वेद ऋचा कुमारि गोपि सखिहरुले  ब्रजलिलाको अनुकरण गरि आनन्द लिन्छन। 

नयाँ ब्रज प्रतिबिम्बित ब्रह्माण्डको वृन्दावन एवं मधुवनमा गोलोकी कृष्णजीले ती श्रीकृष्णको स्तुतिगर्ने   वेद ऋचा श्रुतिसखिहरुसंग सात दिन  लिला गर्नुभयो र पुनः ब्रज मण्डल छोडेर  मथुरा जानुभयो । चार दिन भित्र  कंस आदिको नास गर्नुभयो । कंस बध गरेपछि आफ्नो  ग्वाल वेषको भूषा मुकुट आदि  नंद बाबालाई सुम्पेर गोकुल पाठाउनुभयो र श्रीकृष्णको गोलोकी शक्ति  राधाजी र वेद ऋचा सखीहरुकोको  हृदयमा  विराजमान भयो।  यहीकारण  वर्षोंसम्म गोलोकी कृष्णको विरहमा तड्पेर राधा सहित गोपिहरु मथुरा गएर  विष्णु स्वरूपकृष्णसँग भेट गर्न सकेका थिएनन् , जबकि गोकुल र मथुराको बीचको दुरी  केवल सात कि.मी. मात्र छ (थियो) । तब उनको विरहबाट व्याकुल चित्त वाली श्रुति रूपा सखिहरु  सबै प्राण त्यागेर गोलोक धाम जान्छन । २७औ  द्वापर युगको अन्त्यको समय नजिकिंदै जाँदा पापले पृथ्वीको भार बढ्दै थियो र पाप हरण गर्न सो कृष्णको देहमा बिष्णुकृष्णको प्रवेश भयो|  गोलोकी कृष्णको आवेश हराइसकेको सो बिष्णु कृष्णरुपले राजसी श्रुंगार गर्छन र मथुरामा केहि समय रहन्छन् | मथुरामा चक्रधारी विष्णु रूप कृष्ण केहि  वर्ष रहे । आर्जुनलाई महाभारतमा उपदेश दिने कृष्ण अक्षरातित श्रीकृष्ण नभई यिनै बिष्णु कृष्ण हुन् | वैकुण्ठ नाथ विष्णु भगवानले  ११२ वर्ष सम्म लीला गर्छन । यस लौकिक लीलामा गुरुकुल शिक्षा, रुक्मणि (लक्ष्मी) हरण, योग साधना, असुरहरुको  संहार, द्वारिका स्थापन, महाभारत युद्ध, गीता उपदेश, आदि पर्दछन। वैकुण्ठको जो वैभव छ , त्यो  मथुरा एवं द्वारिकामा रहेको छ । वृन्दावन र  मधुवनको लिलाको जो ऐश्वर्य छ  , त्यो  गोलोकलिलासंग आश्रित छ । फेरी आफ्नो कार्य सिद्ध गरेर (महाभारत युद्ध पश्चात) द्वारिका अनि  तत्पश्चात् स्वधाम वैकुण्ठमा  विराजमान हुन्छन । बिष्णु कृष्णको समय पश्चात २८औ कलियुग सुरु हुन्छ| 
'बृहद्सदाशिव संहिता' ग्रन्थको  श्रुति रहस्य अध्यायमा वर्णन गरिएको छ - परब्रह्मको  आनन्द स्वरूपा जो सखिहरुले  ब्रज र  वृन्दावनमा लिला गरेका थिए , उनीहरु कलियुगमा  पुनः प्रकट भएर जाग्रत भई पुन: परमधाम जानेछन । सोहि अनुरुप  यो २८औ कलियुगमा परमधामबाट ब्रह्मबासनाहरु जगानीको खेल हेर्न यस जगतमा आएका हुन् |

यसरि, श्रीकृष्णजीको त्रिधा लीलाको रहस्य बहुत गोपनीय तरिकाले शास्त्रमा राखिएको छ। जुन श्री देवचन्द्रजी र श्री प्राणनाथ महाराजको बाणी र वहाँहरुद्वारा स्थापना गरिएको निजानन्द दर्शन र तारतमद्वारा स्पस्टसँग बुझ्न सकिन्छ |

1.श्रीकृष्ण: अक्षरातीत धाममा रहनु हुने अबिनासी रुप (ब्रज र वृन्दावनमा रासलिला गर्ने  /one god/ point energy source of universe)
2. गोलोकी कृष्ण: सखीहरु संग मथुरामा ७ दिन रास लिला गर्ने / कंश र असुरहरु  नास गर्ने
३. बिष्णु कृष्ण : बिष्णुको रुप / महाभारतमा अर्जुनको सारथि र परामर्षदाता/ द्वारिकानरेश
Sushant Gautam

Sushant Gautam

No comments:

Post a Comment

Powered by Blogger.