हो! हामीले तराई बासिहरुलाई नराम्रो व्यवहार गरेकै हौं र हाम्रै ब्यबहारले गर्दा नै वहाँहरुको आत्मामा चोट पुगेको हो। कागजमा समान हक अधिकार सुनिश्चित भएको, राज्यले बिशेष आरक्षण दिएको र अवसर समेत प्राप्त गरेतापनि समाजमा बिध्यमान कुरीति र हाम्रो पक्षपाति सोचाईले गर्दा तेश्रो दर्जाका नागरिक समान व्यवहार पाई आफ्नै देशमा शरणार्थी जिबन बिताए जस्तो तितो अनुभूति गर्नुपरेको परिपेक्षमा वहाँहरुले संधीयता र स्वायत्त पहिचान नभई सिंगो देशमै सम्मान र स्वाभिमान सहितको पहिचान सिबाय केहि खोज्नु भएको होइन। हुनसक्छ, अचाक्ली नै भएर केहि हद सम्म यसको राजनीतिक समाधान पनि खोजियो होला तर राजनितिक उथलपुथलताबाट देश गुज्रिरहेको अवस्थामा स्वायत्त / संधीयताको नारा झिकेर कर्मठ र इमानदार मधेसी जनतालाई उचालेर केहि भ्रष्ट देशद्रोहीहरुले राजनीनि नामको छाता ओढी आफ्नो उदेश्य प्राप्तिको लागि जनतालाई ढाल र तरबारको रुपमा प्रयोग गरिएको कुरा स्पष्ट भइसकेको छ। विचार, भाषा, जात, धर्म, भेषभूसाको आधारमा एकले आर्कालाई होच्याउने खराब प्रबित्ति नेपालमामात्र रहेको नभई मानब समाजमा पारापूर्व कालदेखि नै चली आएको छ। विश्वमा विभिन्न कालखण्डमा भएका महायुद्ध र रक्तपातहरु पानि यसकै उपज हुन् जसको उपलब्धि बिनाश सिवाय केहि रहेनन्।
पृथ्वीनारायणले देश एकीकरण गरेपछि देशलाई साझा फुलबारीको रुपमा स्थापितगर्ने अवाधारणा ल्याएका थिए। त्यसैले आफुले जितेका राज्यहरुमा त्यहाँ रहेका जनताको भन्दा भिन्दै जात, धर्म रहनसहन भएकाहरुलाई आश्रय दिन्थे। यस विचारधारामा रहेर मुस्लिम समुदायलाई गोर्खामा आश्रय दिएको जस्ता उल्लेखनीय कार्यहरु इतिहासमा छन्। तसर्थ, 'नेपाल चार जात छत्तिस बर्णको साझा फुलबारी हो' भन्ने दिब्य संदेश सारा नेपाली जनताले बुझ्न जरुरि छ। रंग, भाषा, जात, धर्म, भेषभूसाको आधारमा भेदभाब गर्नु भनेको आमासँग रिसाएर आफ्नै घरमा आगो सल्काउनु हो - जसबाट आफ्नै नोक्सान हुन्छ र छिमेकिलाई रमिता ! यी, कुरा सारा ३ करोड नेपाली जनताले मनन गरेमा मात्रै देशको पहिचान कायम राख्न हामी सफल हुन्छौं र देश अग्रगतिमा लम्कन्छ।
No comments:
Post a Comment