Hey there!

Sorry for not being able to update this site.

The best way to contact me is at email@sushant.info.np / (+977)9860043019 / http://facebook.com/esushant.

I also maintain my LinkedIn profile at https://np.linkedin.com/in/esushant.

My research-based projects are updated at ResearchGate.

Find my GitLab profile/ GitHub profile. My social media archives are available at http://twitter.com/esushant.

My Ham Radio QRZ Profile and Logbook can be accessed from here.

 

नव वर्ष २०७३को हार्दिक मंगलमय शुभकामना

आजबाट नयाँ बर्ष सुरु हुँदैछ | २०७२ साललाई बिदाई गरेर नयाँ वर्ष २०७३को भब्यताकासाथ स्वागत भइरहेको छ | २०७२ सालको अन्त्य संगै एक युगको अन्त्य भएको छ | हो, यो बर्षभरि लाखौ नेपालीको आँखा रसाउन छाडेनन | २०७२ सालको सुरुवातसंगै आएको विनाशकारी माहा भूकम्पको पिडा माथि छिमेकि राष्ट्र भारतद्वारा लगाइएको अघोषित नाकाबन्दीले नुन छार्किंदा २०७२ यो शताब्दि भरिकै कष्टकर कालखण्ड साबित भयो | दसकौ लामो संघर्ष र जनयुद्धको फल नयाँ संबिधान यही बर्ष प्राप्त त भयो तर छिमेकि राष्ट्रको गिद्धेदृष्टिले र कुकार्यले गर्दा अन्तरिक कलह सुरु भयो | नचाहिने बिषय र मुद्दा झिकी संघर्षरत स-साना राजनीतिक दलहरुलाई विभिन्न प्रलोभन देखाई साम्प्रदायिक दङ्गा निम्त्याएर नेपाललाई विखण्ड गराई रजाई गर्ने प्रपञ्च रचेर आफ्नो मूल रुप र नेपाल प्रति रहेको दृष्टिकोणको समेत स्पष्टीकरण हाम्रो मित्र कहलिएको राष्ट्रले दियो | यो स्पष्टीकरण पाउनु र कष्टकर कालखण्डबाट देश गुज्रिनु नै यो बर्षको मुख्य उपलब्धि हो | यसबाट पाठ सिक्न सके देश अगाडी बढ्ने निश्चित छ |

जलस्रोतको दोश्रो धनि राष्ट्र भनेर किताबमा पढ्न समेत टुकी बत्ति खोज्नु पर्ने र आधा घण्टा बिधुत कटौती घट्दा समेत फुरुंग हुनुपर्ने अवस्थाबाट देश गुज्रिरहेको छ | आफ्नो बालबच्चा पाल्ने सामर्थ अझै देशको छैन – नाकाबन्दि हुँदा भोक भोकै रहनुपरेकोबाट यो स्पस्ट छ | आफ्नै देशमा भएको स्रोतलाई बेवास्ता गरि आयात गरिएका सरसमान प्रयोग गर्ने हाम्रो बनि भइसकेको छ | छोराछोरिलाई विदेश पठाएर रेमिट्यान्सको पैसाले छाती फुलाउँदै स्वदेशमा सानसंग बस्न नेपालीहरु पल्किसकेका छन् | मुख्य समस्या हाम्रो व्यवहारमा छ, र त्यो हो पछी हट्ने बानि |

हो! यो ‘पछी हट्ने बानि’ले कहिलेदेखि नेपालीको मनमस्तिष्कमा जरो गाडेको भन्ने यकिन तथ्यांक गूगल र विकिलाई पनि थाहा रहेनछ | हुन त कत्ति नेपालीहरुलाई यो रोग लागेको छ भनेर पनि पत्यार नहोला किनभने उनीहरु यो कुरा मान्न पनि पछी हट्छन् | मैले थाहा पाए सम्मका राजा महाराजा, भुँडे हाकिम देखि माग्ने लुरे नेपाली सम्ममा यो रोग छ | हुन त अन्य देशहरुमा पनि होला, तर हाम्रो देशमा विकाशको मुख्य बाधकको रुपमा स्थापित रहेकाले हाम्रो लागि यो महत्वपूर्ण छ | र, यो रोग लागेका बिरामीहरु ‘प्रलोभन’ र ‘घुसखोरी’ को गन्ध पाउने बित्तिकै आराम महसुस गर्छन  | यस्ता रोगिहरुलाई  देशभक्तिफोबिया हुन्छ- देशका लागि भन्ने बितिक्कै कुदेर ‘प्रलोभन’ र ‘घुसखोरी’ कै आश्रय लिन पुग्दछन | हो, ति व्यक्तिहरुको प्रगति पनि भएको हुनसक्छ - छोरा यु.यस., छोरि अस्ट्रेलिया, हातमा आई-फोन, रोलेक्स गोल्ड क्लासिक हातमा, पंजेरोको सवारी, आदि आदि | र, समाजमा पनि मानसम्मान पाहिरहेका हुनसक्छन | अनि, ति मनिसहरुको सुचीमा अरु कोहि नभएर तपाई र म नै अग्रस्थानमा पर्दछौ | तर्सर्थ, तपाई र म ठिक भएमात्रै यो रोग निर्मुल हुन्छ | यो वास्तविकता ३ करोड नेपाली जनताले बुझेर ‘पछी हट्ने बानि’ लाई ठिक गरेर हातमा कुटो, कोदालो, खरेटो बोकेर घरबाट निस्किनु पर्ने बेला आएको छ | नाजुक अवस्थाबाट देश गुज्रिरहेको बेलामा देश बनाउनु हरेक नागरिकको कर्तब्य हो- त्यसैले यसमा पछी हट्नुपर्ने कुनै कारण छैन- एक नागरिकको हैसियतले तपाई र मसंग देश बनाउने अधिकार छ |
 
नयाँ भन्ने बितिक्कै हाम्रो मस्तिस्क दङ्ग पर्छ- एउटा बच्चालाई दशैंमा लुगा दिंदा मख्ख परेजस्तो | र, दङ्गिएको मस्तिस्कमा नबिन उर्जापनि थापिन्छ | र, केहि आरम्भ गर्न शुभ साहित कुर्ने हाम्रो चलनसंग पनि यो मेल खान्छ | त्यसैले, यो नयाँ वर्षलाई एक दिनको मनोरन्जनात्मक कार्यक्रममा मात्रै सिमित नराखी एउटा सुभारम्भको साहित बनाउनु जरुरि छ – ‘अघि बढ्ने बानिको’ |

नव वर्ष २०७३को हार्दिक मंगलमय शुभकामना |
Sushant Gautam

Sushant Gautam

No comments:

Post a Comment

Powered by Blogger.